किर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

२०८१ मंसिर १७, सोमबार १७:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

१७ मंसिर, काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । उनी ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे ।

यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो हुन पुगे । सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् ।

उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहे । उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।

माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।

र यो पनि जानीराख्नुहोस्

(क) उपनिर्वाचन २०८१ को अन्तिम परिणाम:
काङ्ग्रेस: १ मेयर र १६ वडाध्यक्ष
माओवादी केन्द्र: १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडाध्यक्ष
एमाले: १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडाध्यक्ष
जसपा: २ वडाध्यक्ष
एस,नेमकिपा, रास्वपा र स्वतन्त्र: १/१ वडाध्यक्ष
(ख) उप निर्वाचन २०८१ मा कस्कोमा कस्ले जिते:
१.काठमाडौं : कीर्तिपुर नगरपालिका प्रमुख (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
२.जाजरकोट : नलगाढ नगरपालिका उपप्रमुख (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
३.दैलेख : महाबु गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
४.बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
५.मोरङ : ग्रामथान गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
६.दोलखा : गौरीशंकर गाउँपालिका उपाध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
७.रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको )
माओवादीको जित ✔️
८.हुम्ला : सुर्केगाढ गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको )
माओवादीको जित ✔️
वडाध्यक्षहरु
१.ताप्लेजुङ : सिरिजंगा गाउँपालिका वडा नम्बर ३ (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
२.झापा : कन्काई नगरपालिका वडा नं ६ (०७९ मा एमालेले जितेको )
स्वतन्त्रको जित ✔️
३.तेह्रथुम : लालीगुराँस नगरपालिका वडा नं ८ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
४.सुनसरी : गढी गाउँपालिका वडा नम्बर ६ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित ✔️
५.ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नम्बर ५ (०७९ मा काङ्ग्रेसले जितेको )
एमालेको जित ✔️
६.उदयपुर : त्रियुगा नगरपालिका वडा नम्बर १२ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
७.उदयपुर : बेलका नगरपालिका पालिका वडा नम्बर ९ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
८.सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
जसपाको जित ✔️
९.सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
जसपा नेपालको जित ✔️
१०.धनुषा : धनुषाधाम नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
११.महोत्तरी : रामगोपालपुर नगरपालिका वडा नम्बर २ (०७९ मा माओवादीले जितेको )
एमालेको जित ✔️
१२.रौतहट : ईशनाथ नगरपालिका वडा नम्बर ७ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित ✔️
१३.रौतहट : गढीमाई नगरपालिका वडा नम्बर ८ (०७९ मा जसपाले जितेको )
समाजबादीको जित ✔️
१४.रौतहट : राजपुर नगरपालिका वडानम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
१५.नुवाकोट : ककनी गाउँपालिका वडा नम्बर २ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित ✔️
१६.काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ (०७९ मा कांग्रेसले जितेको )
रास्वपाको जित ✔️
१७.काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
१८.काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ (०७९ मा स्वतन्त्रले जितेको )
काङ्ग्रेसको जित ✔️
१९.मकवानपुर : हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित ✔️
२०.गोरखा : गोरखा नगरपालिका वडा नम्बर १२ (०७९ मा एमालेले जितेको )
माओवादीको जित ✔️
२१.गुल्मी : मुसीकोट नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
२२.कपिलवस्तु : शुद्धोधन गाउँ पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित ✔️
२३.रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ (माओवादीको निर्विरोध जीत) ✔️
२४.रुकुम पश्चिम : सानीभेरी गाउँपालिका वडा नम्बर ५ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
२५.रोल्पा : रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेस को जित ✔️
२६.बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
२७.जाजरकोट : कुसे गाउँपालिका वडा नम्बर ७ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित ✔️
२८.दैलेख : दुल्लु नगरपालिका वडा नम्बत्रर १३ (०७९ मा एमालेले जितेको )
एमालेको जित ✔️
२९.बझाङ : सूर्मा गाउँपालिका वडा नम्बर ४ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित ✔️
३०.डोटी : पूर्वीचोकी गाउँपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
३१.कालीकोट : तिलागुफा नगरपालिका वडा नम्बर ४ (०७९ मा माओवादीले जितेको )
नेमकिपाको जित ✔️
३२.डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको )
माओवादीको जित ✔️
३३.दार्चुला : दुहु गाउँपालिका वडा नम्बर ५ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित ✔️
३४.कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित ✔️
(ग) उपनिर्वाचन २०८१ मा निकटतम प्रतिद्वन्दी: क्रमशः

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार