बुस्टिगं बुढानिलकण्ठ #boostingbudhanilakantha ह्यास ट्यागको अभियान संचारकर्मी र शिक्षाकर्मीको संयुक्त पहलकदमीमा सम्पन्न

२०८१ बैशाख २९, शनिबार १४:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

२०८१ बैसाख २९ शनिवार, प्रोजेक्टखवर समाचारदाता
बुस्टिगं बुढानिलकण्ठ ह्यास ट्यागलाई देशविदेशमा स्थापित गरी आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने उद्धेश्यले बुस्टिगं बुढानिलकण्ड प्रधानाध्यापकहरुसंग पदयात्रा कार्यक्रम अनुशाषित, मर्यादित एवं उत्पादनमूलक तवरबाट सम्पन्न भएको छ । ९ चरणमा संचालन गरिने अभियानले बुढानिलकण्ठ नगरपालिकाको सस्कृति, पर्यटन र समाजको प्रवद्धन गर्ने उद्देश्यले पद यात्रा कार्यक्रको आयोजना गरिएको कुरा कार्यक्रम संयोजक पुण्यराज पुडासैनीले जानकारी दिनु भयो । बुढानिलकण्ठ मन्दिरमा भेला भएर पद यात्राका लागि विहान ८ बजेबाट करिव २५० सहभागीहरु पदयात्रामा सामेल भएका थिए, खप्तड बाबा समाधी स्थल, स्वामी चन्द्रेश आश्रम, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, विष्णुमति मुहान, विष्णुद्धार, डाँडा गाउँ सम्मको यात्रा तय भएको थियो । काठमाण्डौ उपत्यकाको करिव ६० लाख आन्तरिक पर्यटकलाई पर्यापर्यटनको जानकारी दिन तथा देश विदेशमा बुढानिलकण्ठको महत्वलाई विकास र विस्तार गर्न सके यस प्रकारको अभियान थप सार्थक हुने देखिन्छ । यस अभियानलाई बुनपा शिक्षा शाखाले विशेष रुपमा सहयोग गर्नको साथै आगामी दिनका कार्यक्रममा थप सहयोग गरेर जाने प्रतिवद्धता समेत ब्यक्त भएको थियो ।
पदयात्रामा बुढानिलकण्ड नगरपालिकाका १२३ भन्दा बढी सामुदायिक विद्यालयका प्रिन्सिपलहरु, १२५ भन्दा बढी संचारकर्मी गरी २५० भन्दा बढी पदयात्रामा सहभागीहरुलाई तामागं संस्कृति अनुसार सेतो टीकाले डाँडागाउँ होमस्टेको तर्फबाट स्वागत गरिएको थियो । स्वादिष्ट होमस्टे परिकारको विशेष ब्यवस्था गरिएको कार्यक्रममा सबै सहभागीहरुलाई सम्मान एवं प्रमाणपत्र वितरण गरिएको थियो ।
अभियानको मुख्य प्रायोजन मनास्लु वर्ड कलेजले गरेको थियो भने मुख्य प्रायोजकको तर्फवाट मनास्लु वल्र्ड कलेकका प्रिन्सिपल राजन श्रेष्ठ धरातलले बुनपाको पर्यटन विकासका लागि पत्रकार तथा शिक्षाकर्मी संगको सहकार्य र सहयात्राले बुस्टिगं बुढानिलकण्ठको अभियानलाई थप प्रभावकारी बनाएको र आगामी दिनमा अझ प्रभावकारी बनाएर जानुपर्नेमा विशेष जोड दिदै सम्पूर्ण सहयोगको प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो । कार्यक्रमका संयोजक पुण्य राज पुडासैनीले सबै सहभागी तथा प्रमोटर, सपोर्टर तथा सहयोगीहरुलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै आगामी जेष्ठ महिनामा उद्योग बाणिज्य महासंघ, नगर कमिटी र संचारकर्मी कर्मीका साथ पदयात्राको तेस्रो चरणको अभियान आयोजना गरिने जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय