इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

२०८० असार २४, आईतवार ०३:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ईलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापना गर्नको लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल ज्युको नेतृत्वको ईलामको टिमसँग सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युको बालुवाटारमा अाज भेटघाट भएको छ । इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुभएको छ।

उक्त टोलीमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धिरेन शर्मा (रमण),इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानका पूर्ब उपकुलपति प्रा.डा. राजेन्द्र राज वाग्ले,अधिवक्ता समिप घिमिरे, कृष्ण भट्टराई शैक्षिक तथा बिभिन्न पेशागत क्षेत्रमा कार्यरत मनिष गौतम, ललित ढुंगाना, माधव चम्लागाई, बिमला सुब्बा लगायत रहनु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार