सुर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला –२०८० को शुभारम्भ

२०८० असार १५, शुक्रबार १४:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भक्तपुरको सुर्यविनायक स्थित सुर्यविनायक हरित कृषि थोक बजारमा आजबाट सुर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला –२०८० को सुरुवात भएको छ । तिन दिन सम्म रहने उक्त मेलामा एक सय भन्दा बढी स्टलहरु रहेका छन् । स्टलमा तरकारी, फलफूल, हस्तकलाका सामाग्रीहरु, नर्सरी, खाद्यान्न, तथा नेवारी खानाका फुड स्टलहरु रहेका छन् ।


कार्यक्रमको उद्घाटन सुनपाका नगरप्रमुख बासुदेव थापाले पानसमा दिप प्रज्वलन गरेर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले नगरका हितमा हुने यस्ता प्रकारका आयोजनाहरु गर्न नगर सधै लागि पर्ने बताउनुभएको थियो । नगर उप प्रमुख सरिता भट्टराई तिमसिनाको संयोजकत्वमा संचालन भएको मेलालाई सम्बोधन गर्दै सुर्यविनायक नगर भित्र कृषि, पर्यटन तथा अन्य व्यवसाय गरिरहेका व्यवसायीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो मेला संचालन गरिएको बताउनु भयो । यसै गरि कार्यक्रममा अतिथिको रुपमा आउनु भएका एम्बेसि अफ स्विजरल्याण्ड अफ नेपालका डेपुटी हेड अफ मिसन मथायस मायरले स्थानिय विकासको साझेदार तथा निजी क्षेत्रको प्रवद्र्धनका लागि स्विस सरकारले नेपालमा सहयोग गर्दै आइरहेको बताउनु भयो ।


यसैगरी कार्यक्रममा सुनपाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसी, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम कृष्ण खर्बुजा, वान टु वाचका प्रतिनीधि विश्व गिरी, वडा नं. ४ का अध्यक्ष लक्षुराम न्यौपाने, भक्तपुर र्पटन विकास समितिका अध्यक्ष दिपेश राज शर्मा, भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धर, एस डी सीका प्रतिनिधीद्वय दरथी लोस्चर तथा सुब्रीन श्रेष्ठ आदि अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ७ अध्यक्ष रबिन्द्र सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमका सभाध्यक्ष वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेत हुनुहुन्थ्यो । साथै कार्यक्रम संचालन श्रृजना कक्षपतिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार