
मध्यपुर ठिमी नगरपालिका वडा नं ९ ले आव २०८०।०८१ को नीति तथा कार्यक्रम तर्जूमा बजेट बिनियोजनको लागि बृहद् अन्तक्रिया तथा अभिमुखीकरण कार्याशाला सम्पन्न गरेको छ । मिति २०८० जेष्ठ २६ गते शुक्रवारका दिन निलबाराहीमा आयोजित कार्यक्रममा वडाबाट क्षेत्रगत, समूहगत, भूगोलको आधारमा, लैगिंक, समाबेसी आधारमा वडाबासीको उपस्थिति रहेको थियो । वडा नं ९ का अध्यक्ष सानुकाजी राजबाहकको सभापतित्वमा संचालित कार्यक्रममा वडा कार्यपालिका सदस्यहरु रञ्जय श्रेष्ठ, तुलीमाया चक्रधर, उमेश खाइजु, सुन्तली विश्वकर्मा एवं प्रशाषन प्रमख कृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।
विगत १५ बर्ष देखि नीति तथा कार्यक्रम साथै बजेट तर्जुमाको कार्यमा निरन्तर सक्रिय योजनाविद् आरके ढुंगानाले दिगो विकास लक्ष्यको आधारमा योजना तर्जुमा तथा बजेट विनियोजन गर्न आवश्यक सीप, क्षमता तथा योग्यताको विकास गर्न आवश्यक तालिम समेत प्रदान गर्नुभएको थियो भने एक वडा एक उद्योग र एक वडा एक गौरवका आयोजना लागु गर्नका लागि आवश्यक बजेट तर्जुमा प्रदेश सरकार तथा संघीय सरकार संग आवश्यक पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको थियो भने सरकारको सबैभन्दा महत्वपूर्ण अंग वडा भएकोले वडालाई अझ स्वायक्त र सशक्त बनाउदै घरघरमा वडा सरकारको अवधारणाका लागि सबै वडाध्यक्षहरुले पहलकदमी गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
कार्यक्रमको उद्देश्य तथा बिषयबस्तुमाथि प्रकाश पार्दै वडा सदस्य उमेश खाइजु ले योजनाबद्ध विकासका लागि वडा नं ९ ले नीति तथा कार्यक्रम तर्जुमा तथा बजेट विनियोजनको अभिमुखीकरण तालिम कार्यक्रम संचालन गरेको जानकारी गराउनु हुँदै सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । त्यस्तै आयोजकको तर्फबाट वडाअध्यक्ष सानुकाजी राजबाहक ले समग्र जनताको माग तथा समस्याहरुलाई नीति तथा कार्यक्रममा समेटी आगामी बजेट तय गर्दा समानुपातिक प्रतिनिधित्वका र वितरण प्रणालीलाई ध्यानमा राखिने र प्रोजेक्ट बैँकको अवधारणाका आधारमा कार्यक्रमहरु प्राथमिकतामा पार्न र थप सुझावहरु प्रणालीगत रुपमा समेटेर अगाडी बढाउन यस कार्यक्रमको आयोजना गरिएको विचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा निकोशेराबाट मोहन प्रसाद प्रजापति, रविन्द्र कासुला, राजेन्द्र धौवन्जार, राम प्रसाद धौवन्जार, टिगनी बाट मान बहादुर राजबाहक, हरिचन्द्र राजबाहक, पंचलाल राजबाहक, रामचन्द्र राजबाहक, राधे राधे बाट चेत बहादुर थापा। जनार्दन नेपाल, दुर्गा प्रसाद निरौला, गाँखुबाट राजाराम खड्का, दीपक खड्का, मथिनपा बाट देवी प्रजापति, अर्जुन चालिसे, रिषिराम पौडेल, विनिता कोइराला, मञ्जु भण्डारी, रेशम राज गिरी नमुना बस्तीबाट केपी नेपाल, सिन्टीटार बाट विनोद कार्की वडा कार्यलयबाट श्यामशुन्दर श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, जमुना राजबाहक, तुइलमाया चक्रधर लगायतको उपस्थिति रहेको थियो ।
नीति तथा कार्यक्रमका लागि विभिन्न क्षेत्रबाट सल्लाह सुझावहरु प्राप्तभएका थिए र तीनलाई सारांसमा लिपिबद्ध गर्दा भ्रष्टाचारलाई उन्मुलन गर्नुपर्ने, विद्यालयलाई स्तरिकृत गराउने, गृहिणी महिलालाई सीपमूलक तालिमको ब्यवस्था, फोहोरमैलाको ब्यवस्थानमा ध्यान दिनुपर्ने, घरको निर्माण सम्पन्न गर्नको लागि अनिवार्य मापदण्ड पालन गर्नुपर्ने, लैगिंक समानताका लागि नीति तय गरिनुपर्ने, सार्वजानिक सेवा प्रवाह छिटो छरितो हुनुपर्ने, सामाजिक कार्यमा ध्यान दिनुपर्ने, प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने, खोलाको किनारा ब्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य पुर्वाधार विकासमा ध्यान दिनुपर्ने, स्वास्थ्य सचेतना कार्यक्रम, सार्वजनिक सम्पतिको संरक्षण, निलबाराही जंगलको गुरुयोजना निर्माण गर्नुपर्ने, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना, वडाको आफ्नै भवन निर्माण सम्पन्न गर्नुपर्ने लगायतका शुझावहरु प्राप्त भएका थिए ।
कार्यक्रममा उठेका समग्र जिज्ञासा तथा प्रश्नहरु साथै सुझावहरुको सम्वोधन गर्दै वडाध्यक्ष सानुकाजी राजबाहकले बन्दै गरेको नीति तथा कार्यक्रम सबैको समानुपातिक र सन्तुलित प्रतिनिधित्व हुनेगरी प्रस्तुत गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण विश्वदर्शन मिडियाले गरेको थियो भने कार्यक्रम संचालन द्रोण पराजुलीले गर्नुभएको थियो ।

