निर्वाचनमा प्रतिस्पर्धा भएपनी, निर्वाचन सकिएपछि हामी मिलेर अघि बढ्छौ- महासचिव दाहाल

२०८० जेष्ठ २१, आईतवार ११:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसन (DLA-Nepal ) का महासचिव, अधिबक्ता लक्ष्मी दाहाल रावलले महाधिवेशनमा निर्वाचनका बेला कानुन व्यवसायी उम्मेदवारहररू बिच केही प्रतिस्पर्धा भएपनी निर्वाचन सकिएपछि भने एकता कायम नै रहने बताउनु भयको छ ।

यहि जेठ २६ र २७ गते चितवनमा हुन लागेको DLA नेपालको ११ औँ महाधिवेशनका बिषयमा आज हामी सङ्ग कुरा गर्दै उहाँले आफू पनि अध्यक्षको उम्मेद्वार रहने र अन्य कानुन व्यवसायीहरूले पनि विभिन्न पदमा इच्छा राखेकाले लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिनु पर्ने उहाँको भनाइ छ । तपाईं किन अध्यक्ष बन्ने ? भन्ने हाम्रो प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, म DLA को स्थापना समयदेखिनै साङ्गठनिक गतिविधिमा पूर्ण सक्रिय छु ।

बिगतको समयमा DLA सङ्गठनलाई संस्थागत गर्न मैले धेरै दुःख पनि पाएकी छु  । कानुन व्यवसायीको समस्यामा सदा लागिरहेकै छु । न्यायालय सुद्धिकरणका पक्षमा निरन्तर आवाज प्रस्तुत गर्दै आइरहेको र आगामी दिनमा पनि सक्षम न्यायपालिका, अधिकार सम्पन्न कानुन व्यवसायी लगायतका गतिविधिहरुका लागि म काम गर्नेछु ।

DLA लाई समयसापेक्ष अघि बढाउन र प्रबिधिमैत्री बनाउन म पूर्ण केन्द्रीत रहनेछु । त्यो सङ्गै अधिबक्ता दाहालले DLA को इतिहासमै पहिलोपटक महिला कानुन व्यवसायी केन्द्रीय अध्यक्ष बन्न लागेकाले समस्त कानुन व्यवसायीले सहयोग गर्नु पर्नेमा अनुरोध समेत गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय