
पत्रकार कुशलभ केसी ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०७९’बाट सम्मानित भएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आफ्नो २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । सो क्रममा क्लबले उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट पत्रकार केसीलाई नगदसहित सम्मान गरेको हो ।


केसीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मानपत्र हस्तान्तरण गरे ।
समाजमा देखिएका विकृति र विसंगतीविरुद्ध लगातार मिडियामार्फत आवाज उठाएर सुरक्षित समाज निर्माणमा सहयोग पुर्याएबापत उनलाई सम्मान गरिएको हो ।
क्राइम टिभीका प्रस्तोता समेत रहेका पत्रकार केसी करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् ।
अनलाइन टिभी पत्रकार संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका केसी मुनलाइट टिभीमा पनि आवद्ध रहेका छन् ।
सम्मानित भएपछि केसीले विकृति, विसंगती, अन्याय तथा अत्याचारविरुद्ध जनतालाई सु-सूचीत गर्ने र समाचार सम्प्रेषणलाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।