आजदेखि सीतापाइलामा सिके सिनेमाज् सञ्चालनमा

२०७९ फाल्गुन १९, शुक्रबार ०८:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मिति २०७९ फाल्गुण १८ गते बिहिबार काठमाण्डौको सितापाईलामा नेपालकै अत्याधुनिक मल्टिप्लेक्स सिनेमाहल सिके सिनेमाको विधिवत उद्घाटन भएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीको प्रम हलको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

संचालक  छविराज तिमल्सिना र किशोर खतिवडाले संचालन गर्नु भएको सिके सिनेमाको प्राविधिक रुपमा संचालन चलचित्र विकास बोर्डका महासचिव समेत रहनु भएका नरेन्द्र महर्जनले गर्नुभएको छ । ४०० सिट क्षमता रहका २ वटा चलचित्र हलले काठमाण्डौको पश्चिममा रहेको चलचित्रहलको अभावलाई आजबाट पुर्ति गरेको छ । सितापाईला रामकोट रोडमा रहेको अनुपम मलमा रहेको सिके सिनेमाको उद्घाटन समारोहमा सभासद विराजभक्त श्रेष्ठ एवं स्थानीय जनप्रतिनिधि बरिष्ठ कलाकारहरु दीपाश्री निरौला, दिपकराज गिरी, निर्मल शर्मा युवा कलाकार राज आचार्य लगायतको उपस्थिति हरेको थियो भने भोली बाट छक्का पञ्जा ४ तथा छड्के २.० हलमा एकै पटक संचालनमा आउने जानकारी संचालक किशोर खतिवडाले दिनुभयो । सुविधा सम्पन्न पार्किक, अनुपम सुपरस्टोर, अत्याधुनिक क्याफेटेरिया, नेकेड एक्प्रेस टावर लगायतका सबै सुविधा एकै स्थानमा प्रदान गरिने कम्पनीका प्रबन्धक निर्देशक विवेक तिमल्सिनाले जानकारी दिनुभयो ।

हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए। सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुशीको कुरा भएकाले शहरमा मात्रै होइन् गाउँ गाउँमा सिनेमा हल खोल्नुपर्छ। प्रमुख अतिथि केसीले सिके सिनेमाज् सञ्चालमा आउँदा सबै उत्साहित भएको उल्लेख गरे।

बिहिबार हलसञ्चालनको उपलक्ष्यमा सिनेमामा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फुलबारी देखाइएको थियो । दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारबाट नेपाली सिनेमा ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ रिलिज भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय