
काठमाडौंको सीतापाइलामा आगामी शुक्रबारदेखि अत्याधुनिक मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आउने भएको छ । नागार्जुन नगरपालिका–४ स्थित अनुपम मलमा हालै निर्माण भएको दुई अडिटोरियमसहितको सीके सिनेमाज् सञ्चालनमा आउने भएको हो ।
रञ्जना र कीर्तिपुर मल्टिप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले हल सञ्चालनमा ल्याउन लागेका हुन् । ३९१ सिट क्षमताका दुई हलमा अत्याधुनिक प्रोजेक्सन र ध्वनि प्रणाली जडान गरिएको सञ्चालक महर्जनले बताए । उनका अनुसार हलमा डल्बी एटमस ७.१ साउण्ड सिस्टमसहित थ्रीडी प्रविधि जडान गरिएको छ । ‘दर्शकले सुविधाजनक ढंगले फिल्म हेर्न सक्नुहुन्छ,’ महर्जनले अनलाइनखबरसँग भने ।

