बरिष्ठ अधिवक्ता विश्वम्भरकृष्ण पराजुली ले बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्भावित शक्तिशाली सरकारलाई दिनुभएको १५-सूत्रीय सुझाव
1️⃣ राष्ट्रियता र सीमा नीति
• राष्ट्रिय सीमासम्बन्धी विषयमा सबै दलको राजनीतिक ऐक्यबद्धता कायम गर्ने
• सीमा सुरक्षालाई अपरिवर्तनीय राष्ट्रिय कानुन मार्फत सुनिश्चित गर्ने


2️⃣ असंलग्न परराष्ट्र नीति
• नेपालको असंलग्न परराष्ट्र नीतिलाई सबै दलको राष्ट्रिय सहमतिमा पारित गरी प्रभावकारी रूपमा लागू गर्ने
3️⃣ राष्ट्रिय शिक्षा नीति सुधार
• नेपालको शिक्षा प्रणाली सुधार गर्न नयाँ राष्ट्रिय शिक्षा नीति लागू गर्ने
4️⃣ जलस्रोत नीति
• नेपालको जलस्रोतको उपयोगका लागि समग्र र एकीकृत राष्ट्रिय नीति तयार गर्ने
• छिमेकी तथा तेस्रो मुलुकसँग सोही आधारमा सहकार्य गर्ने
5️⃣ पर्यटन विकास नीति
• सगरमाथा, गौतम बुद्ध, खप्तड राष्ट्रिय निकुञ्ज, बडिमालिका, रामारोशन लगायतका पर्यटन सम्पदालाई
• नयाँ ढंगले विश्व बजारमा प्रवर्द्धन गरी १ करोड पर्यटक नेपाल ल्याउने लक्ष्यसहित नयाँ पर्यटन नीति लागू गर्ने
6️⃣ धार्मिक नीति
• नेपाललाई हिन्दु राज्यको रूपमा घोषणा गर्ने
• त्यसअनुसार समावेशी धार्मिक नीति लागू गर्ने
7️⃣ अन्तर्राष्ट्रिय सन्धि–सम्झौता नीति
• विदेशी सन्धि–सम्झौताका लागि राष्ट्रिय कानुनी मापदण्ड बनाउने
• कम्तीमा ७०% नेपालको हितमा हुने परियोजनामा मात्र सम्झौता गर्ने
8️⃣ प्राकृतिक स्रोत उपयोग नीति
• खनिज तथा प्राकृतिक स्रोतको उपयोगका लागि राष्ट्रहित केन्द्रित एकसूत्रीय नीति विकास गर्ने
• नेपालको स्रोत–सम्पदा आफ्नै प्रणालीबाट उपयोग गर्ने, विदेशी हस्तक्षेप न्यून गर्ने
9️⃣ विकास निर्माण नीति
• दीर्घकालीन र लचिलो स्थायी विकास नीति अपनाउने
🔟 भू–राजनीतिक नीति
• विश्व भू–राजनीतिक परिवेशअनुसार स्पष्ट राष्ट्रिय रणनीति तय गर्ने
• राष्ट्रियताको पक्षमा प्रष्ट दृष्टिकोण लागू गर्ने
1️⃣1️⃣ जलस्रोत आधारित उद्योग
• जलस्रोत उपयोगको स्पष्ट नीति बनाएर ऊर्जा तथा जलस्रोत आधारित उद्योगधन्दा सञ्चालन गर्ने
1️⃣2️⃣ कर प्रणाली सुधार
• ट्याक्स अटोमेसन प्रणाली लागू गरी करछली शून्यमा झार्ने
• यसबाट वार्षिक करिब ३ खर्ब रुपैयाँ राज्य कोषमा संकलन गर्ने लक्ष्य
1️⃣3️⃣ औद्योगिक नीति
• नयाँ औद्योगिक नीति जारी गर्ने
• उद्योग विकासमा शून्य राजनीतिक हस्तक्षेपको वातावरण सिर्जना गर्ने
1️⃣4️⃣ प्रत्यक्ष वैदेशिक लगानी (FDI)
• प्रत्यक्ष वैदेशिक लगानी नीति खुकुलो बनाउने
• सबै देशलाई समानुपातिक रूपमा ३०% लगानी गर्न पाउने व्यवस्था गर्ने
1️⃣5️⃣ ऊर्जा तथा खनिज विकास
• कालिकोट मा रहेको युरेनियम प्रशोधन परियोजना
• विदेशी सहयोग नलिई नेपाल आफैंले ऊर्जा विकासका लागि सञ्चालन गर्ने




