धान्याञ्चल बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न

२०८२ मंसिर २०, शनिबार १६:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, मंसिर २० (२०८२) – धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम आज शनिबार बालाजुमा भव्यताका साथ सम्पन्न भएको छ।

सन् २०६६ मा अर्घाखाँची जिल्लामा स्थापना भएको यो सहकारीले छोटो समयमै उल्लेखनीय प्रगति गर्दै काठमाडौँ महानगरपालिकाको उत्कृष्ट सहकारी संस्थाको मान्यता प्राप्त गर्न सफल भएको छ। हाल संस्थामा ६०० भन्दा बढी जिम्मेवार शेयर सदस्य रहेका छन् भने वार्षिक कारोबार करिब १५ करोड रुपैयाँ पुगेको जनाइएको छ।

बचत तथा ऋण सेवा मात्र नभई संस्थाले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको छ। तीज विशेष कार्यक्रम, रक्तदान कार्यक्रम, सामाजिक सेवा कोष सञ्चालन, उत्कृष्ट विद्यार्थी सम्मान, बीमा सुविधा, सांस्कृतिक कार्यक्रम, तालिम तथा क्षमता विकासजस्ता विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको संस्थाले जनाएको छ।

“स्वरोजगार विकासको पूर्वाधार, धान्याञ्चल नै एकमात्र आधार” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस सहकारीलाई अध्यक्ष भविश्वर घिमिरे, कृष्णप्रसाद अधिकारी, तुलसी घिमिरे, यसपाल शर्मा घिमिरेलगायतका अनुभवी नेतृत्वले सफलतापूर्वक निर्देशित गर्दै आएका छन्।

विशेष गरी, संस्थामा देशका ७७ वटै जिल्लाबाट सदस्यहरू आबद्ध भई विभिन्न क्षेत्रबाट योगदान पुर्‍याइरहेको कार्यक्रममा जानकारी गराइएको थियो।

साधारणसभामा आर्थिक प्रतिवेदन पारित, नीति तथा कार्यक्रमहरू अनुमोदन गरिएको साथै आगामी दिनमा थप सामाजिक र वित्तीय कार्यक्रमहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा उपस्थित शेयर सदस्य, कर्मचारी र शुभचिन्तकहरूले धान्याञ्चल साकोसलाई देशकै नमूना सहकारी संस्थाको रूपमा विकास गर्न सामूहिक संकल्प व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार