आरोग्य भवन वर्क्सको शताब्दी महोत्सवको तयारीस्वरूप प्रिप्रेस मिट सम्पन्न

२०८१ चैत्र ५, मंगलवार १६:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाण्डौ, बालुवाटार – आरोग्य भवन वर्क्स प्रा. लि. ले आफ्नो १०० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा शताब्दी महोत्सवको तयारीस्वरूप प्रिप्रेस मिट सम्पन्न गरेको छ। बालुवाटारमा आयोजित पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा कम्पनीका अध्यक्ष सुवोध कुमार अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक सुमन कुमार पाण्डेयले प्रेस नोट वाचन गर्नुभएको थियो।

प्रेस विज्ञप्ति

आरोग्य भवन वर्क्स प्रा लि को शताब्दी  महोत्सव समारोह 

आरोग्य भवन वर्क्स प्रा लि ले आफ्नो स्थापनाको ९९ वर्ष पूरा गरी १०० औं वर्षमा प्रवेश गर्दैछ। यस शताब्दी  महोत्सव को अवसरमा, सम्पूर्ण अतिथि, पत्रकार तथा शुभचिन्तकहरूलाई हार्दिक स्वागत गर्दछौं।

आजको कार्यक्रम, चैत्र १५ को पूर्वसन्ध्यामा आयोजना गरिएको छ, जसको मुख्य उद्देश्य शताब्दी  महोत्सव को प्रचार(प्रसार, संस्थाको ऐतिहासिक योगदान, उपलब्धिहरू, उत्पादन तथा सेवाहरूको जानकारी प्रदान गर्नु, साथै गुणस्तर र नवप्रवर्तनतर्फ कम्पनीको प्रतिबद्धता व्यक्त गर्नु हो।

कम्पनीको ऐतिहासिक यात्रा

सन् १९२५ मा शाही आयुर्वेदिक वैद्य श्री शिवनाथ रिमाल र श्री नरेन्द्रनाथ रिमाल द्वारा स्थापित आरोग्य भवन वर्क्स प्रा। लि। ले आयुर्वेदिक प्रणालीको प्रवर्द्धन गर्दै रोग उपचारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। सन् १९३० को दशकमा, तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणा गम्भीर बिरामी परेका थिए, जसलाई श्री शिवनाथ रिमाल द्वारा निर्मित औषधिको प्रयोगले निको पारिएको थियो। त्यसपछि उहाँलाई शाही आयुर्वेदिक वैद्य राजबैद्य )को रूपमा नियुक्त गरिनुका साथै गोर्खा दक्षिण बाहु प्रथम श्रेणीको सम्मान प्रदान गरिएको थियो।

आरोग्य भवन वर्क्स प्रा. लि. को योगदान

कम्पनीले नेपालको पहिलो अग्रणी निजी आयुर्वेदिक कम्पनी को रूपमा प्रतिष्ठा हासिल गरिसकेको छ। जिएमपी  प्रमाणित उन्मुख यस कम्पनीले शास्त्रोत्त )परम्परागत आयुर्वेदिक प्रणालीलाई अनुसरण गर्दै प्रभावकारी तथा उच्च गुणस्तरयुक्त उत्पादनहरू निर्माण गर्दै आएको छ। नेपालभरि तथा अन्तर्राष्ट्रिय बजारमा यी उत्पादनहरू लोकप्रिय छन्।

प्रमुख उत्पादनहरू

कम्पनीले विभिन्न रोग उपचारका लागि आयुर्वेदिक औषधिहरू उत्पादन गर्दै आएको छ, जसमध्ये प्रमुख उत्पादनहरूस्

कस्तुरी भुषण  रुखा खोखी ज्वरो, निमोनिया 

कस्तुरादी चक्की – जिब्रोको सूजन, टन्सिल तथा घाँटीको जलनको उपचार।

नवरस – ज्वरोको उपचारका लागि प्रभावकारी औषधि।

तितेपाती तेल – सोरायसिस, छालाका फंगल संक्रमण तथा डर्माटाइटिसका लागि उपयोगी।

अश्वगन्धा तेल – गाठीयो रोग तथा यौनशक्ति वृद्धिका लागि प्रभावकारी।

ब्रह्मी तेल – स्नायु प्रणालीका रोग, पार्किन्सन्स तथा कपाल झर्ने समस्याका लागि उपयोगी।

तुलसी हर्बल चिया – मौसमी रुघाखोकी तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने प्राकृतिक चिया।

पिनासनाश तेल – साइनोसाइटिसका कारण बन्द नाक खोल्न मद्दत गर्ने आयुर्वेदिक तेल।

संजीवनी – उच्च पहाडी क्षेत्रमा देखिने स्वास्थ्य समस्याका लागि उपयोगी।

शिलाजीत, तपस्विनी बटी, पाइलोन ट्यावलेट, भिटेक्स ट्यावलेट र मेगाल्याक्स पाउडर

गुणस्तर नियन्त्रण र प्रमाणपत्रहरू

 आरोग्य भवन वर्क्स प्रा. लि. ले ISO 9001:2008 तथा GMP प्रमाणित उत्पादन प्रणाली अपनाएको छ। कम्पनीले कच्चा पदार्थको गुणस्तर परीक्षण, अत्याधुनिक उत्पादन विधिहरू, तथा सघन गुणस्तर परीक्षण प्रक्रिया मार्फत सुरक्षित तथा प्रभावकारी उत्पादनहरू उपभोक्तामाझ पुर्‍याउँदै आएको छ।

निष्कर्ष

१०० वर्षको ऐतिहासिक यात्रालाई अवलोकन गर्दै, आरोग्य भवन वर्क्स प्रा लि ले भविष्यमा पनि गुणस्तरीय आयुर्वेदिक उत्पादनहरू निर्माण गर्ने, अनुसन्धान तथा प्रविधिमा नवप्रवर्तन गर्ने र रोग उपचारमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछ।

अधिक जानकारीका लागि 

१०० वर्षको ऐतिहासिक यात्रालाई अवलोकन गर्दै, आरोग्य भवन वर्क्स प्रा. लि. ले भविष्यमा पनि गुणस्तरीय आयुर्वेदिक उत्पादनहरू निर्माण गर्ने, अनुसन्धान तथा प्रविधिमा नवप्रवर्तन गर्ने र रोग उपचारमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख डा. शिवमंगल प्रसाद, आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादव, आयुर्वेद चिकित्सक डा. बासुदेव कँडेल, अडानका पूर्व अध्यक्ष एवं आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवाली, नेपाल आयुर्वेद औषधि व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुढाथोकी, नाडाका पूर्व अध्यक्ष सुरेस थापा, लोकेन्द्र चापागाईं, आयुर्वेद चिकित्सा परिषद्का रजिष्ट्रार डा. निर्मल भुसाल, कम्पनीका नेशनल म्यानेजर रमण कुमार कर्ण, काया चिकित्सक डा. सिर्जना श्रेष्ठ लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, पत्रकारहरूमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, नेपाल बहसका केदारनाथ भट्टराई, नेपाल हेल्थ डटकमका रामप्रसाद न्यौपाने, मेडिकलपत्र डटकमका बुद्धी कट्टेल, राससका शरद शर्मा, हेल्थपाटीका सन्तोष निरौला, प्रोजेक्ट खबरका खुसी पराजुली तथा सस्मिता पाठक, हरपल मिडियाका गोपिकृष्ण लिम्बू लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष सुवोध कुमार अधिकारीले कार्यक्रममा उपस्थित अतिथि तथा पत्रकारहरूलाई स्वागत गर्दै कम्पनीले गुणस्तरीय उत्पादन तथा प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्वारोजगारीका अवसरहरू सिर्जना गर्न विशेष पहल गर्ने र गुणस्तरीयताको मापदण्डलाई सशक्त रूपमा अघि बढाउने बताउनुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै डा. शिवमंगल प्रसादले आरोग्य भवन वर्क्सले १०० वर्ष पूरा गरेको पहिलो नेपाली कम्पनीका रूपमा बधाई दिनुभयो। उहाँले औषधिको प्रभावकारिता अभिवृद्धि गर्न निरन्तर अनुसन्धान र नवप्रवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो। अन्य अतिथिहरूले पनि कम्पनीको सफलताका लागि शुभकामना व्यक्त गरे।

पत्रकारहरूले कच्चा पदार्थको उपलब्धता, रोजगारी सिर्जना, वार्षिक कारोबार वृद्धिलगायत विषयमा जिज्ञासा राखेका थिए। कम्पनीका प्रतिनिधिहरूले ५० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गरिरहेको, हाल ५० जनालाई रोजगारी प्रदान गरिरहेको, वार्षिक कारोबार १ करोडबाट बढाएर १० करोड पुर्याएको, पाल्पामा उद्योग सञ्चालन गरिरहेको तथा जीएमपी मापदण्डको इजाजत प्रक्रिया र आईएसओ प्रमाणपत्र प्राप्त गरिसकेको जानकारी गराए।

आरोग्य भवन वर्क्स प्रा. लि. ले आफ्नो १०० औं वार्षिकोत्सव चैत्र १५ गते काठमाण्डौमा विशेष कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार