
नेपालमा पहिलो मौलिक अभ्यास, हजारौं पर्यटक र व्यवसायीको उत्साहजनक सहभागिता
काठमाडौं, नेपाल – राजधानीका प्रमुख पर्यटन गन्तव्य ठमेल र दरवारमार्ग क्षेत्रमा ऐतिहासिक होली स्ट्रिट फेस्टिभल तथा कल्चरल कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ। यो महोत्सव नेपालमा पहिलो मौलिक अभ्यासका रूपमा रह्यो, जसले देशी तथा विदेशी पर्यटकको आकर्षण बढाउने मात्र नभई, पर्यटन व्यवसायलाई थप सक्रिय बनाउने लक्ष्य राखेको थियो।


यस विशेष अवसरमा २०० भन्दा बढी स्टलहरू सजाइएका थिए, जहाँ स्थानीय व्यवसायीले आफ्नै पसल अगाडि स्टल राखेर ग्राहकलाई सहज सेवा प्रदान गरेका थिए। यस नयाँ प्रयोगले व्यवसायीहरूलाई प्रत्यक्ष रूपमा ग्राहकसँग सम्पर्क राख्न सघायो, जसले ग्राहकहरूको अनुभवलाई अझ सहज र प्रभावकारी बनायो।
संगीत, सुरक्षा र सहकार्यको अद्वितीय संयोजन
महोत्सवको मुख्य आकर्षण म्युजिकल कन्सर्ट रह्यो, जसमा विभिन्न चर्चित कलाकार तथा डिजेहरूले सांगीतिक प्रस्तुति दिए। एक्ट्रीम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेको यस कन्सर्टमा नेपाल पे, भायनेट, खल्ती, निभा लगायतका प्रतिष्ठानहरूले सहयोग गरेका थिए भने आविट्ररी इभेन्ट्स को व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो।
व्यापक सुरक्षासँगै सुव्यवस्थित आयोजना
महानगर प्रहरी प्रमुख राजु पाण्डे सहितको प्रहरी टोलीले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो। सुरक्षाकर्मीको सक्रिय उपस्थिति तथा व्यवसायीहरूसँगको सहकार्यले महोत्सवलाई व्यवस्थित र सुरक्षित बनायो।
१ लाखभन्दा बढी सहभागी, १ करोड बराबरको कारोबार
यो भव्य महोत्सवमा १ लाखभन्दा बढी युवायुवतीको उपस्थिति रहेको अनुमान गरिएको छ। रंग, संगीत र संस्कृतिको मिश्रण भएको यो पर्व पर्यटकहरूका लागि अविस्मरणीय रह्यो। प्रारम्भिक रिपोर्टअनुसार, यस इभेन्टमा करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ, जसले पर्यटन व्यवसायलाई टेवा पुर्याउने विश्वास गरिएको छ।
यस महोत्सवले ठमेल र दरवारमार्ग क्षेत्र अझै पनि पर्यटक र व्यवसायका लागि उपयुक्त गन्तव्य रहेको सन्देश दिएको छ। भविष्यमै यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना आयोजक तथा व्यवसायीहरूको रहेको छ।