
तेहथुम, फागुन २० – त्रिभुवन विश्वविद्यालयको पूर्व क्षेत्रकै पुरानो आङ्गिक क्याम्पस, तेहथुम बहुमुखी क्याम्पस, आठराई चुहानडाँडामा नवनिर्मित आठकोठे शिक्षण भवनको उद्घाटन गरिएको छ।
मंगलबार आयोजित विशेष समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले उक्त भवनको उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै उपकुलपति बरालले यस भवनले क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।


क्याम्पस प्रमुख पोष्टराज लामिछानेको नेतृत्वमा सम्पन्न यो परियोजना क्याम्पसको भौतिक पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धि भएको गणेश विमलीले बताउनुभयो।
उक्त उद्घाटन समारोहमा क्याम्पसका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। भवन निर्माणपछि क्याम्पसमा शिक्षण सिकाइको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।