एकसाथ दुई एसयूभी नेपाल ल्याउँदै सुजुकी, मूल्य र फिचरको प्रतिस्पर्धा

२०७९ माघ ९, सोमबार ११:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले माघ अन्तिमसम्ममा दुई एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले भारतमा उत्पादन भएको ब्राण्ड न्यू मोडल ग्राण्ड भिटारा र नयाँ जेनेरेशन ब्रेजा गरी दुई एसयूभी ल्याउन लागेको हो ।

‘हामीले गाडीको अर्डर हालेका छौं । केही दिनमा नै गाडी हिड्ने छ । नेपाल आएसँगै माघ अन्तिमसम्ममा विक्री सुरु गर्ने योजना बनाएका छौं’, सिजी मोटोकर्प स्रोतले मेरोअटोसँग भन्यो ।

अहिले पनि निकै राम्रो संख्यामा विक्री भइरहेको नयाँ जेनेरेशन ब्रेजा सब फोर मिटर सेग्मेन्ट थुप्रै नयाँ फिचर सहित बजारमा आउन लागेको हो । अहिलेकोभन्दा महंगो हुने अनुमान गरिएको ब्रेजामा पहिलो पटक सनरुफ समेत दिइएको छ ।

ब्रेजा यसअघि पनि सेग्मेन्टमै सबैभन्दा ठूलो इन्जिन भएको कारण धेरैले मनपराएको मोडल हो । नयाँ जेनेरेशनमा पनि मारुती सुजुकीले यसमा १.५ लिटर, फोर सिलिण्डर इन्जिनलाई निरन्तरता दिएको छ । अहिले थप माइल्ड हाइब्रिड टेक्नोलोजी दिएको कारण यसको माइलेज पहिलेभन्दा धेरै आउँने छ ।

इन्जिनको अलावा मारुती सुजुकी ब्रेजामा अगाडि र पछाडिको डिजाइन, इन्टेरियर र सुरक्षा फिचरमा विशेष परिमार्जन भएर आउन लागेको छ । भारतमा करिब ६ महिना अघि नै विक्री सुरु भएको नयाँ ब्रेजा आयात प्रतिबन्धको कारण नेपाल आउन पाएको थिएन ।

मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्टरस्टप बटन, हेड–अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरव्याग दिइएको छ ।

नयाँ एलइडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्किड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, डुअल टोन कलर अप्सनको कारण नयाँ ब्रेजा निकै फिचर लोडड हुनेछ ।

बजारमा टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, एक्सयूभी ३०० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा हुने ब्रेजाको मूल्य एकिन भएको छैन । तर, फिचर अनुसार अन्यको तुलनामा यसको मूल्य प्रतिस्पर्धी हुने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी, कम्पनीले नेपाल ल्याउने ग्राण्ड भिटारा अल न्यू मोडल हो । यसअघि नेपालमा जापानबाट ल्याएर ग्राण्ड भिटारा विक्री भएको थियो । तर, भारतमा उत्पादन सुरु भएसँगै ग्राण्ड भिटारा नेपाल आउन लागेको हो ।

टोयोटासँग सहकार्य गरेर तयार भएको ग्राण्ड भिटाराले नेपाली बजारमा हुन्डाई क्रेटा र किया सेल्टोससँगै स्कोडा कुशक तथा फक्सवागेन टाइगुनसँग प्रतिस्पर्धा गर्नेछ । यद्यपि ग्राण्ड भिटारा मूल्यको हिसावले केही माथि रहने अनुमान गर्न सकिन्छ ।

ग्राण्ड भिटारामा इन्टेलिजेन्ट हाइब्रिड इन्जिन र माइल्ड हाइब्रिड टेक्नोलोजी प्रयोग भएको छ । सिजी मोटोकर्पले दुबै इन्जिनमा भिटारा नेपाल ल्याउने अनुमान गर्न सकिन्छ । ग्राण्ड भिटारा टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ ।

टु ह्वील ड्राइभ सिस्टम भएको भिटारामा प्रयोग गरेको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ । उक्त इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ । कम्पनीले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज रहने दावी गरेको छ । यसमा ई–सिभीटी गियरबक्समा उपलब्ध रहेको छ ।

ग्राण्ड भिटाराको फोर ह्वील ड्राइभ भेरियन्टमा १.५ लिटर फोर सिलिण्डर, के१५सी डिउलजेट पेट्रोल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।

मारुती सुजुकीले ग्राण्ड भिटारामा आफ्नो कारहरु मध्ये पहिलो पटक पानारोमीक सनरुफ पनि दिएको छ । भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्स्टरुमेन्ट क्लस्टर पाउन सकिन्छ ।Source :www.meroauto.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार