माया गर्ने सबै उमेर समुहका मानिसहरु शिवरात्रीमा मायावी फिल्म हेर्न हल जाँदै

२०८१ फाल्गुन १०, शनिबार १८:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – महाशिवरात्रिको पावन अवसरमा नेपाली फिल्म ‘मायावी’ हेर्न हलतर्फ दर्शकको ठूलो भीड लागेको छ। विभिन्न उमेर समूहका दर्शकहरू माया, प्रेम, रहस्य र रोमाञ्चले भरिएको यस चलचित्रको मज्जा लिन उत्साहित देखिएका छन्।

दिवाकर भट्टराईको लेखन, निर्देशन तथा कथा रहेको ‘मायावी’ प्रेमकथामा आधारित मनोरञ्जनात्मक चलचित्र हो। चलचित्रको निर्माणधिन पक्षमा धुर्ब न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताका रूपमा रहेका छन् भने राजु पराजुली र सुमित ओली सह-निर्माताका रूपमा संलग्न छन्। कार्यकारी निर्मातामा प्रविण भट्टराई र करण सिंह छन्।

चलचित्रमा चर्चित अभिनेता पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशील सितौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोल, रमा प्रसाई, दिपेन्द्र सिंखडा, संगीता सिलवाल लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ।

शिवरात्रि बिदाको अवसर पारेर फिल्म हलहरूमा दर्शकको उल्लेखनीय चहलपहल देखिएको छ। युवा पुस्तादेखि परिवारसहित चलचित्र हेर्न आएका दर्शकहरूले फिल्मको कथावस्तु, उत्कृष्ट अभिनय र मनछुने संवादको प्रशंसा गरेका छन्।

चलचित्रको डिजिटल पार्टनर OSR डिजिटल रहेको छ भने सिनेमाटोग्राफी (डीओपी) राजु बिक्रम थापाले गरेका छन्। सम्पादनको जिम्मेवारी मिलन श्रेष्ठले सम्हालेका छन् भने चलचित्रको सहायक निर्देशन बसन्त अधिकारीले गरेका छन्।

संगीततर्फ नेपाली संगीत क्षेत्रका चर्चित संगीतकार शम्भुजीत बाँस्कोटा र एसडी योगीको संगीत रहेको छ भने गीतमा राम अबिरल बिस्ट र दयाराम पाण्डेको शब्द रहेको छ। चलचित्रलाई थप प्रभावशाली बनाउन पृष्ठभूमि संगीत (BGM) रिकेश गुरुङ ‘किज’ ले तयार गरेका छन्।

चलचित्र समीक्षकहरूका अनुसार ‘मायावी’ ले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। सामाजिक सञ्जालमा समेत फिल्मको तारिफ गरिएको देखिन्छ।

चलचित्रको भव्य प्रदर्शनसँगै यसले नेपाली फिल्म उद्योगमा नयाँ सफलता कायम गर्ने अपेक्षा गरिएको छ। दर्शकहरूको सकारात्मक प्रतिक्रियाले ‘मायावी’ लाई अझ उत्साहजनक व्यापार गर्ने संकेत देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय