
कोटेश्वर ब्यवसायी संघले १९औं बार्षिक साधारण सभा र ११औं अधिवेशन शनिबार, २०८१ माघ २६ गते सम्पन्न गरेको छ। उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष गोरख बहादुर थापाको २ वर्षको कार्यकाल समापन भएसँगै संघको नयाँ नेतृत्व चयन गरिएको हो।
संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष निलप्रसाद घिमिरे चयन भएका छन्। त्यसैगरी, अन्य कार्यकारी पदहरूमा अर्जुन बस्नेत उपाध्यक्ष, सुरेश बाँनिया महासचिव, सरला गौतम सम्झना कोशाध्यक्ष, र हरि प्रसाद ढकाल सचिव निर्वाचित भएका छन्। सचिवमा राममाया अधिकारी र सह कोशाध्यक्ष दिवाकर पौडेल पनि नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्।


यसका अतिरिक्त, क्षेत्रीय संयोजकका रूपमा लक्ष्मी बराल सुधा (क्षेत्र १), पिताम्वर पोखरेल (क्षेत्र २), मीरा विष्ट (क्षेत्र ३), बुद्धिबहादुर शिवभक्ति (क्षेत्र ४), राम प्रसाद गौतम (क्षेत्र ५), सुक्निता चौंलागाई (क्षेत्र ६), पवित्रा प्रसाई (क्षेत्र ७), धनेन्द्र विष्ट (क्षेत्र ८), र पार्वती गौतम (क्षेत्र ९) निर्वाचित भएका छन्।
निर्वाचन मण्डलको संयोजक युवराज गौतम, सदस्य सचिव सरोज थापा, र सदस्य अच्युत प्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन सम्पन्न भएको थियो। उनीहरूले सौहार्दपूर्ण ढंगले निर्वाचन प्रक्रिया सम्पन्न गराएर नवविर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराए।
नवनिर्वाचित अध्यक्ष निलप्रसाद घिमिरेले आफ्नो कार्यकालका बारेमा धारणा व्यक्त गर्दै कोटेश्वरका व्यवसायीहरूको विकासका लागि विभिन्न सुधारात्मक कार्यक्रम र प्याकेजहरूको घोषणा गरे। उनले भने, “कोटेश्वरलाई एक बेग्लै पहिचानको क्षेत्रको रूपमा विकास गर्ने र संस्थालाई पूर्ण डिजिटल रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै, व्यवसायीहरूको हितका लागि सबै प्रयास गर्नेछु।”
यसरी, कोटेश्वर ब्यवसायी संघले नयाँ नेतृत्वसँग नयाँ दिशा तय गर्ने योजनासहित आफ्नो १९औं बार्षिक साधारण सभा समापन गरेको छ।