
प्रोजेक्टखवर संवाददाता
मिति २०८१ पौष १८, मध्यपुर, भक्तपुर
मध्यपुर ठिमी नगरपालिका वोडेमा रहेको एड्भान्स एकेडेमीमा कक्षा ३ पढ्ने ८ बर्षकी छात्रा सफलता पराजुलीको कथा संग्रह सक्सेस स्टोरी पार्ट वान को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
एकेडेमीका प्रिन्सिपल सोमकृष्ण प्रजापतिले सभापतित्व गर्नु भएको कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका वडा नं ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, विशिष्ठ अतिथिमा मध्यपुर ठिमी नगरपालिका वडा नं ९ का वडाध्यक्ष सानुकाजी राजबाहाक, विशेष अतिथिमा पुस्तक प्रकाशकको तर्फबाट भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशवप्रसाद पराजुली, प्रशिक्षक एवं प्रेरक बक्ता राजेन्द्र न्यौपाने, लेखिकाका पिता आईटी उद्यमी द्रोण पराजुली र लेखिकाकी माता डिजाइनर खुसी पराजुलीको उपस्थिति रहेको थियो । विद्यालयमा रहेका प्लेग्रुप देखि कक्षा १० सम्मका करिव ५०० भन्दा बढी विद्यार्थीको उपस्थितिका बीच पुस्तकको विमोचन सम्पन्न भएको थियो । कार्यक्रमको मिडिया सहयोग तथा सहकार्य मध्यपुर डायरी डटकम, प्रोजेक्टखवर डटकम, दैनिक समाज डटकम, नयाँशिरा डट कम ले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य दिनुहुदै एड्भान्स्ड एकेडेमीका कोअर्डिनेटर दिपेन्द्र बरालले लेखिकाले कलिलो उमेरमा यो तहको योगदान दिनु र सिर्जना गर्नु सबैको लागि प्रेरणाको स्रोत रहेको बताउनु भयो । प्रेरक बक्ता राजेन्द्र न्यौपानेले जुन देशले अध्ययन र लेखनलाई प्राथमिकतामा राख्छ त्यसको विकास भएको प्रसंग उल्लेख गर्दै अव नेपालले दुई ढुंगा बीचको हीरा हुने अवसर आएको विचार ब्यक्त गर्नु भयो । प्रकाशक समेत रहनु भएको भुँडीपुराण प्रकाशनका संचालक केशव प्रसाद पराजुली ले ३६ बर्ष लामो प्रकाशनको यात्रामा हजारौ पुस्तक प्रकाशन गर्दै देश विदेशमा प्रकाशनको सेवा विस्तार भएको र इच्छुक लेखक लेखिकालाई कृति तयार पार्न आग्रह समेत गर्नुभयो ।
वडा नं ९ का अध्यक्ष सानुकाजी राजबाहकले सफलताले प्राप्त गरेको सफलतामा वडा पालिका र सबै अभिभावकले गौरव गर्नुपर्ने साथै साथ र सहयोग दिनुपर्ने कुरामा विशेष जोड दिनु भयो । त्यस्तै प्रमुख अतिथिको आसनबाट बोल्नु हुदै मथिनपा वडा नं ८ का अध्यक्ष रमेश थापा श्रेष्ठले एन्नि फ्रेकंले लेखेको द डायरी अफ यंग गर्लको उदाहरण दिदै सफलताले त्यो स्थान र सफलता हासिल गर्न सकुन् भनेर शुभकामना ब्यक्त गर्नु भयो । कार्यक्रममा लेखिका पिता द्रोण पराजुलीले विद्यार्थीले आफ्नो रुचि लगावलाई सिर्जनात्मक क्षेत्रमा रुपान्तरण गर्न सके सफलता जस्तै सबै विद्यार्थीले आफ्नो प्रोजक्ट संचालन गर्न सक्ने विश्वास ब्यक्त गर्नु भयो भने लेखिकाकी माता खुसी पराजुलीले बालबालिकाले आफ्ना अनुभव र अनुभूतिहरुलाई सिर्जनात्मक तवरले प्रस्तुत गरे कृति तयार हुने हुनाले सबै अभिभावकलाई सिर्जनात्मकता तिर प्रेरित गर्नु पर्नेमा जोड दिनु भयो । लेखिका सफलता पराजुलीले सक्सेस स्टोरी पार्ट १ पहिलो कृति भएको र यसलाई निरन्तर हरेक बर्ष नयाँ कथाहरु तयार गर्ने र पाठकलाई अझ विशेष कोशेली पस्किने गरी निरन्तर लेखन र सिर्जनामा रहेको विचार ब्यक्त गर्नु भयो । भने कार्यक्रमका सहभागी सबै अतिथि र विद्यार्थीलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको विसर्जन प्रिन्सिपल सोमकृष्ण प्रजापतिले गर्नु भयो । पुस्तक विद्यालयको लाइब्रेरीमा तथा भुँडीपुराण प्रकाशनका सबै आउटलेटहरुमा मुल्य रु १९० मा उपलब्ध रहेको जानकारी प्रकाशकले गराउनु भयो ।
https://www.facebook.com/100065525501571/videos/592297866850752

