अछाम टिकाथली सेवा समाजको शुभकामना आदान प्रदान तथा बृहद् सांस्कृतिक कार्यक्रम यसरी सम्पन्न भयो

२०८१ आश्विन १९, शनिबार १२:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

आश्विन १९, प्रोजेक्टखवर समाचारदाता, टीकाथली, ललितपुर
अछाम टीकाथली सेवा समाज, ललितपुर को १३ औँ बार्षिक साधारण सभा तथा शुभकामना साथै सम्मान तथा बृहद् सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । समाजका सचिव मानवहादुर साउदले संचालन गर्नु भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष लोकेन्द्र बहादुर साउद ले गर्नुभएको थियो । महालक्ष्मी नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने विभिन्न पेशा तथा ब्यवसायमा संग्लग्न रही अछामी समुदायको हकहित तथा क्षमता विकास गर्ने उद्धेश्यले १३ बर्ष अगाडि यस संस्थाको स्थापना भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री माननीय दामोदर भण्डारी, विशिष्ट अतिथिमा पुर्व मनत्ती माननीय शेर बहादुर कुँवर, मामनीय पुष्प बहादुर शाह, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, पुर्व बहादुर जगत बहादुर बोगटी, पुर्व माननीय राम बहादुर बिष्ट, पुर्व माननीय अक्कल बहादुर बिष्ठ, पुर्व उपाध्यक्ष राष्ट्रिय योजना आयोग डा. गोबिन्द पोखलेल, वडाध्यक्ष कपिल केशी महालक्ष्मी नगरपालिका वडा नं ५, डिआईजी गणेश केशी, मोतेश्वर सुधार समाजका अध्यक्ष मोहन केसी, त्रिपुरसंगम सुधार समाजका अध्यक्ष अर्जुन केसी, संस्थापक अध्यक्ष राम बहादुर रावल, पुर्व माननीय अक्कल बहादुर बिष्ट, राधाकृष्ण खानेपानी तथा सरसफाई समितिका अध्यक्ष सुमन केसी, ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल, सर्लाही टीकाथली सेवा समाजका अध्यक्ष गोविन्द पौडेल, रामेछाप सिन्धुली सेवा समाजका अध्यक्ष पुर्व प्रशासक अम्विका देवकोटा, सांस्कृतिक समाज नेपालका अध्यक्ष राम प्रसाद अवस्थी, तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष महेश्वर घिमिरे, इनस्राइन स्कूलका अध्यक्ष रोसन राण्नामगर, मोतेश्वर आपसी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष मोतेश्वर केसी, आधारशीला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डोर बहादुर कार्की, इनस्राइन बोर्डिगं स्कूलका प्रिन्सिपल सत्यवती रानामगर, हेरिटेज बोर्डिगं स्कूलका प्रिन्सिपल अध्यक्ष चन्द्रा रावल, लालिगुराँस महिला सशक्तिकरण समाजका अध्यक्ष ललिता खनिया, मोतेश्वर महिला शसक्तिकरण समाजका अध्यक्ष रमा आचार्य, नवसिर्जनशील समाजका अध्यक्ष लक्ष्मी पोखरेल, टिकाथली ब्याड्मिटन क्लवका अध्यक्ष ऋषिराम बराल लगायत लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वाथत मन्तब्य उपाध्यक्ष दुर्गा भण्डारी, खादा तथा मालाले सम्मान गर्नुहुनेमा सदस्य दुरपदा शाही एवं लक्ष्मी ढुँगानाले गर्नु भएको थियो । कार्यक्रमका औपचारिक उद्घाटन महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले गर्नुभएको थियो । कार्यक्रममा देउडा गीत, पुतला नृत्य, इन्स्राइन स्कूलको विशेष नृत्यको प्रस्तुति हुनुका सार्थ समाजका अग्रज तथा विशिष्ट ब्यक्तित्वहरुलाई सम्मान समेत प्रदान गरेको थियो । बधाई तथा सम्मान ग्रहण गर्ने महानुभावहरुमा भरत बहादुर विष्ट,निवर्तमान अध्यक्ष अछाम टिकाथली सेवा समाज, ललितपुर, जग्य प्रसाद रेग्मी, उपसचिव नेपाल सरकार, रुपेश रावल, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत, उपसचिव नेपाल सरकार, पूर्ण प्रसाद रिमाल, सिडिई, उपसचिव, नेपाल सरकार, सिता देवी रावल सोडारी, संचालक समिति सदस्य तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड हुनुहुन्थ्यो ।
कार्यक्रममा अध्यक्ष लोकेन्द्र बहादुर साउदले समाजका महत्वपूर्ण गतिविधि तथा उपलब्धीहरुलाई पेश गर्नुभएको थियो जसमा सामाजिक सांस्कृतिक पर्व २०८० फाल्गुन ११ गते गोदावारीमा आयोजना गरिएको, बार्षिक साधारण पौष १५ गते सम्पन्न भएको, विशुपर्व नयाँबर्षको अवसरमा सम्पन्न भएको थियो, बैजनाथ कोटीहोम महायज्ञमा सहभागिता, हरितालिका तिज कार्यक्रम संचालन, गौरा पर्वको आयोजना, नियमित क्लालेन्डर प्रकाशन, सामाजिक उत्तरदायित्व अन्तर्गत गिन्द्र बोगटीको उपचारका लागि १ लाख ७५ हजार बरावरको सहयोग, सांस्कृतिक कार्यक्रमको लागि महालक्ष्मी नगरपालिकाले समाजको लागि १ लाख ४१ हजार बरावरको सहयोग प्राप्त भएको जानकारी गराउनु भएको थियो भने आगामी कार्यक्रमहरुमा नियामित सामाजिक तथा सांस्कृतिक कार्यक्रमको निरन्तरता दिने, महिला स्वारोजगारका विभिन्न कार्यक्रमहरु संचालन गर्ने, सम्मान कार्यक्रम तथा छात्राबृत्ति कार्यक्रम संचालन गरिने, स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम संचालन गरिने, जिल्ला प्रशाषन कार्यलयमा दर्ता तथा समाज कल्याण परिषद्मा आवद्धता गरिने समेत जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय