
सक्षम कानुन ब्यवसायी, मर्यादित बार, न्यायपालिकको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार भन्ने मुल नाराका साथ संचालन भएको नेपाल बार एसोसिएसन, १६ औँ अखिल नेपाल कानुन ब्यवसायी राष्ट्रिय सम्मेलनले न्यायलयको पुनर्संरचना, जवाफदेही न्याय सम्पादन प्रणाली, न्यायलयमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता, राजनीतिक हस्तक्षेप मुक्त न्याय प्रशाषन, स्थानीय, प्रादेशिक, संघीय ढाँचाको न्याय प्रणाली सहितका एजेन्डाका साथ काठमाण्डौँको कमलादीमा ३ दिन सम्म चल्नेछ ।
सम्मेलनमा मुख्यत न्यायपालिकाको पुनर्संचना लोकतन्त्र सुदृढीकरणको आधार, न्यायपालिका प्रति जनआस्थाको विकास, कानुन ब्यवसायी आचार संहिता, न्याय परिषद्, न्यायधीसको सेवा, सर्त सुविधा तथा कार्यकाल, संविधान र कार्यान्वयन पक्ष, बातावरण कानुन, समानुपातिक समावेसी कानुन, संघ प्रदेश र स्थानीय तहको कानुन, बाणिज्य कानुन, मानव अधिकार संरक्षण र प्रवर्धन, शान्ति प्रक्रिया, सक्रमणकालिन न्याय र दण्डहीनता,युवा र कानुन ब्यवसाय, निर्वाचन प्रणाली, कानुनी सहायता, स्वेच्छिक निशुल्क कानुनी सहायता एवं मेलमिलाप बिषयमा कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया संचालन हुनेछ ।

