
आधा दशक देखि विकासबादी संगीतको आयामलाई लिएर गीत संगीत सिर्जनामा लागेका द्रोण पराजुली ले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली प्रस्तुत गरेका छन् । आम नेपालीहरुमा छाएको निराशा र पलायनबादी सोचले गर्दा आम युवाहरु बैदेशिक रोजगार र शिक्षाका लागि ठूलो संख्यामा विदेशिएको विकाराल अवस्थालाई मध्यनजर गर्दै अवसर र संभावनाहरु नेपालमा धेरै छन् संभावनालाई बास्तविकतामा रुपान्तरण गर्न सके लाखौ रोजगारी र अवसरहरु नेपालमै संभव छ तसर्थ त्यो मार्गतिर देशलाई उन्मुख गराउनु पर्ने कुरामा जोड दिदैँ गीतको सिर्जना गरिएको छ । नेपालको हिमाल पहाड तराई सबैतिर उत्पादनको ब्यापक संभावना रहेको यसमा ठोस योजना सहित नेपाली युवाहरु उत्पादनमा लाग्न आग्रह गरिएको छ । विशेष गरी नेपालले कृषि उद्योगको विकास गरी आत्मनिर्भर बन्न नवीन प्रविधि, सीप तथा जाँगरले लाग्न सके नेपालको समृद्धि नजिकै छ यसको लागि राजनैतिक इच्छाशक्तितिर संकेत गर्दै गीतको रचना गरिएको छ । विशेष गरी गीत संगीतले समाजको अग्रगमनमा विशेष योगदान दिन सकोस् अनि आम मानिसहरुले सकारात्मक परिवर्तन र विकासका गीतहरु सहज रुपमा गाउन गुनगुनाउन सकुन् भन्ने सोचका साथ पराजुलीले विकासबादी संगीतको धारलाई विकास गरेको बताउँछन् खुसी पराजुलीले संगीत सिर्जनामा योगदान दिएकी छन् भने कोरस स्वरमा विशेष योगदान समेत दिएकी छन् । लिरिकल भिडियो मार्फत सार्वजनिक भएको यो गीतको शब्द रचना यस प्रकार रहेको छ ।


नेपाली हो नेपालमै उन्नति गर्नुछ
डाडाँ र काँडा छोडेर विदेश नजाउ भन्नुछ
हिमाल पहाडका संजीवनी बुटी उगाउँदै
तराईका सुन्दर फाँटहरुमा सुन फलाउनुछ
सुन फलाउनुछ
कृषि उद्योगमा माटो सुहाउँदो क्रान्ति ल्याउँदै
सीप र जाँगर मिलाई अव समृद्ध बन्नुछ ।
समृद्ध बन्नुछ ।
नेपाली हो नेपालमै उन्नति गर्नुछ
डाडाँ र काँडा छोडेर विदेश नजाउ भन्नुछ
नेपाली हो नेपालमै उन्नति गर्नुछ
डाडाँ र काँडा छोडेर विदेश नजाउ भन्नुछ
नेपाली हो नेपालमै उन्नति गर्नुछ
With Lyrical Video
विसन मानन्धरको संगीत ब्यवस्थापन रहेको यस गीतको रेकगिंग विक्रम थापाको संयोजनमा हार्मोनिक रेकगिंग स्टुडियो डिल्लीबजारमा भएको हो । बडा दशैको शुभकामना सहित आम स्रोता तथा दर्शकहरुमाझ प्रस्तुत गरिएको गीत पराजुलीको आठौँ सिर्जना रहेको छ ।