ऐतिहासिक आन्दोलनको शुरुआत गर्ने जेनजी पुस्ताले नेपाल परिवर्तनको शंखघोष यसरी गर्यो

२०८२ भाद्र २३, सोमबार १३:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जेनजीले ऐतिहासिक आन्दोलनको शुरुआत गरेको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र ४ बर्षको स्थाथी सरकारको मुख्य दुइवटा एजेन्डा अगाडि सारेर २०८२ भाद्र २३ अर्थात् सेप्टेम्वर ८ तारिकका दिन बाट यो आन्दोलनको शुरुआत भएको हो । केपीओली नेतृत्वको सरकारले भाद्र १९ गते २५ वटा सामाजिक संजाललाई बन्द गर्ने निर्णय संगै शुरु भएको नेपो बेबी जेनजी आन्दोलन माइतिघर मण्डलाबाट शुरु भएर बानेश्वरको संसद भवन भित्रै छिरेको थियो । नेपालको इतिहासमा संभवत यो त्यस्तो घटना रयो शुरक्षाकर्मीकै अगाडि संसद भवनको गेट तोडेर युवाहरु भित्र छिर्न सफल भएको थिए यसको लगत्तै सुरक्षाकर्मीले अस्रु ग्याँस तथा गोली प्रहार गरेको थियो भने हालसम्म १९ जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ । नेपालमा काम गरी खाने बातावरणको सुनिश्चितता होस् यो देश मेरो पनि हो अव युवाले राज्य संचालनको जिम्वा लिनेछन् जस्ता नारा सहितको आन्दोलनलाई देशै भरबाट समर्थन प्राप्त भएको छ । इटहरी, विराटनगर, झापा, पोखरा, बुटवल, नेपालगंज, हेटौडा, इलाम लगायतका मुख्य शहरहरुमा जेनजीको आन्दोलनले उग्र रुप लिएको छ । भोली बाट बसै शिक्षण संस्था बन्द गरेर जेनजी पुस्ता अझ ससक्त आन्दोलनमा होमिएर तात्विक निश्कर्षमा पुगेर मात्र विश्राम लिने आन्दोलनका संयोजक मिराज ढुंगानाले जानकारी दिए । जेनजीको आन्दोलनलाई सबै क्षेत्रबाट स्वतस्फूर्त सद्भाव र समर्थन प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार