एयर इन्डियाद्धारा २२० वटा न्यारो बडी बोइङ अर्डर

२०७९ माघ १३, शुक्रबार ०९:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लामो समयको छलफल पछि एयर इन्डियाले २२० न्यारो बडी बोइङको अर्डर गरेको छ ।

कम्पनीले १९० बोइङ ७३७ म्याक्स न्यारो बडी, २० बोइङ ७८७ र १० बोइङ ७७७एक्स मोडलका जहाजहरुको अर्डर गरेको हो ।

यसअघि टाटा ग्रुपद्धारा सञ्चालित भिस्तारा एयरलाइन्ससँग मर्जर प्रक्रियामा रहेको समयमा एयर इन्डियाले ४०० न्यारो बडी र १०० वाइड बडी गरी कुल ५०० जहाज अर्डर गर्ने जनाएको थियो । महिनौंको वार्ता पछि एयर इन्डियाले लक्षित न्यारो बडी जहाजको आधा जहाजहरु अर्डर गरेको हो ।

पहिलो चरणको खरिद प्रक्रियामा कम्पनीले न्यारो बडीको अर्डर गरेको छ भने दोस्रो चरणको खरिद प्रक्रियामा कम्पनीले २३५ वटा एयरबस सिङगल–आइल जेट र ४० वटा ए३५० मोडलको वाइडबडी एयरक्राफ्ट अर्डर गर्ने घोषणा गरेको छ ।

एयर इन्डियाले बोइङ र एयरबसको अर्डर गरेसँगै बोइङ र एयरबस निर्माता कम्पनीहरु भारत पुगेको अन्तराष्ट्रिय समाचार माध्यम रोयटर्सले जनाएको छ ।
सन् २००७ देखि निरन्तर घाटामा गइरहेको र आठ खर्ब ऋणमा डुबेको एयर इन्डियाको सम्पूर्ण सेयर भारत सरकारले सन् २०२० मा बिक्री गर्ने निर्णय गरेको थियो ।

सन् २०२२ मा टाटा ग्रुपले एयर इन्डिया खरिद गर्ने प्रस्ताव अघि सारेपछि एयर इन्डिया र टाटा ग्रुपद्धारा सञ्चालित भिस्तारा एयरलाइन्सबीच मर्जर प्रक्रिया अघि सरेको थियो । कम्पनीको व्यवस्थापनको जिम्मा टाटा ग्रुपको हातमा पुगेसँगै एयर इन्डियाले आफ्नो गुम्न पुगेको प्रतिष्ठामा सुधार ल्याउने लक्ष्य लिएको छ।Source:https://notebazar.com/news

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार