नेकपा एमाले सुदुर पश्चिम सम्पर्क कमिटि, काठमाण्डौको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गौरा पर्व विशेष साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न

२०८१ भाद्र १५, शनिबार १६:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मिति २०८१ भाद्र १५ गते शनिवार, कास, नेकपा एमाले सुदुर पश्चिम सम्पर्क कमिटि, काठमाण्डौको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गौरा पर्व विशेष सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । संगठनलाई रचनात्कक र सिर्जनशील तवरले अगाडि बढाउनका लागि नेकपा सुप सम्पर्क कमिटियो कार्यक्रमलाई बिशेष र भब्यतवरले सम्पन्न गरेको छ । संस्कृतिको जगेर्नाका लागि नेकपा एमाले भन्ने मूल नाराका साथ संचालन भएको कार्यक्रमको प्रमुख अतिथिमा लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल रहनु भएको थियो भने विशेष अतिथिहरुमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, लेखराज भट्ट,कर्ण बहादुर थापा, नारदमुनी राना, गणेश ढुंगाना, निरुदेवी पाल, जगत बोहोरा, नरेन्द्र श्रैण्ठ, लालबाबु पण्डित, मोहन बानिया, प्रयाग खड्का, श्यामकुमार बस्नेत, कमला केशी, आरसी लामिछाने, प्रेम भट्ट, पुर्व प्रदेश सभामुख अर्जुन थापा, राज बहादुर गिरी, द्धारिका भट्टराई, मानवहादुर साउद, सुर्यबहादुर थापा, गोविन्द गिरी, रमेश कुँवर, अइन महर लगायत केन्द्रीय तथा प्रादेशिक नेताहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अथितिको आसन बाट बोल्नुहुदै एमाले पार्टी महासचिव शंकर पोखरेलले नेपालको पहिचान भनेको कला संस्कृति र मोलिकता रहेको बताउँदै यो मौलिकताका बैदेशिक हमला हुनसक्ने हुँदा युवा नेतृत्व विशेष सचेत र चनाखो भएर बस्नुपर्ने र खवरदारी समेत गर्नु पर्नेमा विशेष जोड दिदै देशको समृद्धिको लागि प्रस्ट दृष्टिकोण, दुरदर्शी नेतृत्व र स्थीर सरकारका आवश्यक दर्शाउदै त्यसतर्फ पार्टी उन्मुख भएको विचार ब्यक्त गर्नु भयो भने आयोजकको तर्फबाट सम्पूर्ण अथितिलाई स्वागत गर्दै सुदुर पश्चिम सम्पर्क कमिटी का अध्यक्ष सुरत खत्रीले कमिटीलाई रचनात्मक तवरबाट अगाडि बढाउन संगठनात्कम गतिविधिका साथै कला र संस्कृतिमा समेत योगदान दिदै पार्टी अगाडि बढ्नु पर्नेमा विशेष जोड दिनु भयो ।
ख्यातिप्राप्त राष्ट्रिय कलाकार जीवन शर्माको विशेष जनवादी गीत प्रस्तुत भएको थियो भने सुदुर पश्चिमबाट नेतृत्व गर्ने विभिन्न कलाकारहरुले आफ्नो संगितिक प्रस्तृतिहरु अति आकर्षक ढंगले पेश गर्नु भएको थियो भने गौरा पर्वमा नाचिने विभिन्न देउडा नृत्य हरुसमेत पेश भएका थिए भने गीति नाटकको पनि कार्यक्रममा विमोचन गरिएको जानकारी कमिटीका सचिव खगेन्द्र कुमार साउदले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय