
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एनसीसी) परियोजनाअन्तर्गतको प्रसारणलाइन निर्माण गर्न विभिन्न देशका ७ कम्पनीले ईच्छा देखाएका छन् । एमसीए नेपालले कार्तिक २ गते प्राविधिक प्रस्तावद खोल्दै भारत, साउदी अरेबिया, अफगानिस्तान तथा टर्कीका कम्पनीहरुले आवेदन दिएको जानकारी दिएको छ ।
एनसीए नेपालले १० चैत ०७९ देखि २ कात्तिक ०८० सम्मको अवधि राखेर सबस्टेसन निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । त्यसमा भारतका मात्रै ५ कम्पनीले आवेदन दिँदा साउदी अरेबियाको एउटा र अफगानिस्तान र टर्कीका कम्पनी मिलेर ज्वाइन्ट भेन्चरमा एउटा टेन्डर प्रस्ताव हालेका हुन् ।


यसरी टेन्डर हाल्नेमा भारतका टेक्नो इलेक्ट्रिक एन्ड इन्जीनियरिङ कम्पनी, लिङजन इन्डिया प्रालि, टाटा प्रोजेक्टस् लिमिटेड, साइमन्स लिमिटेड र केइसी इन्टरनेशनल लिमिटेड छन् । यस्तै साउदी अरेबियाको नेसनल कन्ट्रयाक्टिङ कम्पनीसँगै टर्की र अफगानिस्तानका दुई कम्पनी बेतास र जेडएनसीसीको ज्वाइन्ट भेन्चरले टेण्डर हालेका हुन् ।
एमसीसीको सहयोग अन्तर्गत नुवाकोटको रातमाटे, बुटवल र दमौलीमा ४ सय केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण हुँदै छन् । ती प्रत्येक सबस्टेशनका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गरिएको थियो ।