
नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ । सोमबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान तथा सहरीविकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सिंहले अस्पतालमा सञ्चाल हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउन तथा स्थानीय बासिन्दा मात्र नभई आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल निर्माण हुन लागेको विश्वास व्यक्त गरे । साथै उनले रोग लागिसकेपछि थप मानसिक पीडा समेत हुने भएकाले रोग लाग्नुअघि नै सजक हुनुपर्ने धारणा पनि राख्नुभएको थियो ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
त्यसै गरि कार्यक्रममा उपस्थित हुनुभएका विशिष्ठ अतिथि नेपालका लागि दक्षिण कोरियाका राजदुत ताईयोङ्ग पार्कले १५ बर्ष देखि अस्पताल निर्माणको लागि सहयोग गर्दै आएको र अझ स्तरोन्नतीका लागि सहयोग गर्न पाउदा खुशी लागेका बताउनु भएको थियो । त्यसै गरी कोइकाका कन्ट्रि डाइरेक्टर मुहेन कोङ्गले पनि आफ्ना भनाईहरु राख्नुभएको थियो ।
कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस अस्पताल करिव एक अरव २५ करोडभन्दा बढिको लागतमा निर्माण हुने भएको छ ।


हाल नेपाल कोरिया मैत्री नगरपालिकाले अस्पतालले स्थानियस्तरमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र डाईलसिस सेवा, सिटि स्क्यान सेवा, हाडजोर्नी, मुटु रोग, गाईने, पेदियाटृक ( Pediatrics) सेवा, दन्त सेवा, चौविसै घण्टा ईमर्जेन्सी सेवा प्रदान गरिरहेको तथा यहि आर्थिक वर्ष भित्र मानवअङ्ग प्रत्यारोपनको कार्य शुरु गर्ने लक्ष्य अनुरुप केन्द्र सरकारबाट आर्थिक वर्ष २०८०–८१मा प्राप्त विशेष अनुदान बाट स्पेसियल ओटी तथा आइसीयु निर्माणको कार्य द्रुत गतिमा अगाडी बढिरहेको छ ।
अस्पतालले हाल दैनिक ७०० देखि ११०० जनासम्म बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।